तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा सुरुभयो प्रादेशिक कृषि, पर्यटन महोत्सव

जुम्लाजुम्लामा ‘प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६’ शुरु भएको छ ।

महोत्सवको उद्घाटन विहिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । उद्योग वाणिज्य सङ्घ जुम्लाको आयोजनामा १९–२९ गतेसम्म सञ्चालन हुने महोत्सवले कृषि, वन, जडिबुटी, सांस्कृतिक पर्यटनको महत्व बोकेको पर्यटकीय नगरी जुम्लाको समग्र विकासमा सहयोग पुग्ने मुख्यमन्त्री शाहीको विश्वास छ ।

महोत्सवले यहाँको औद्योगिक, पर्यटन र सांस्कृतिक महत्वलाई झल्काउने छ, मुख्यमन्त्री शाहीले यसले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने र कर्णाली प्रदेशको अर्थतन्त्र वृद्धिमा गर्न सघाउने छ ।

महोत्सव कर्णाली प्रदेश समृद्धिको आधार हुने उहाँको भनाइ थियो । मुख्यमन्त्री शाहीले सूचना र प्रविधिको उच्चत्तम विकास भइरहेको बेला जुम्ला सदरमुकाम अन्धकार हुनु दुःखद् भएको बताउनुभयो । प्रदेश सरकारले कर्णालीको विकासका लागि सानादेखि ठूला आयोजनातर्फ ध्यान दिइरहेको बताउँदै उहाँले भन्नुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले भाषा र सभ्यताको जननी कर्णाली प्रदेशको जुम्लामा १० दिनसम्म सञ्चालन हुने यस महोत्सवले यहाँको साहित्य, कला, संस्कृतिको उजागर गर्नुका साथै पर्यटनको प्रवद्र्धन हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button