तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण


बुटवल। प्रदेश नं ५ का प्रदेशसभा सदस्यले डेङ्गु रोग नियन्त्रणका लागि विशेष अभियान चलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा सदस्यहरुले डेङ्गु रोगको सङ्क्रमण बढेका कारण नियन्त्रणका लागि ध्यान दिन आग्रह गरे ।

बैठकमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले डेङ्गु रोग अहिले देशभर समस्याका रुपमा देखिएकाले नियन्त्रण जरुरी रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य फकरुद्धिन खानले डेङ्गुको जोखिम बढेकाले प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य विजयबहादुर यादवले सुर्खेतमा गाई मारेको घटनाबारे छानबिन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button