तपाईँ सुन्दै हुनुहुन्छः

बिरामी नआउँदा सुनसान आयुर्वेद औषधालय   

डोटी  – प्राय दुर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको अभाबमा उपचारका लागि बिरामीहरू सदरमुकाम धाउन बाध्य भएको समाचार आइरहेका बेला यहाँका स्वास्थ्यकर्मीहरू बिरामीको बाटो कुर्छन्भन्दा अचम्म लाग्न सक्छ तर दिपायलस्थित जिल्ला आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरु सधैँ बिरामीको बाटो कुरिरहेका हुन्छन् ।

उक्त औषधालयमा कहिलेकाहीँ मात्रै एक–दुई बिरामी उपचारका लागि आउने गर्छन् । बिरामी नआएपछि आयुर्वेदका स्वास्थ्यकर्मीहरुले औषधालय रुँगेर मात्र बसिरहेका हुन्छन् । दिनहु“ उनीहरु बिरामी आउलान् र उपचार गरौँला भनेर कार्यालय ढुकेर बस्न बाध्य छन्् । कहिलेकाँही १०÷१२ सम्म बिरामी मुस्किलले उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीहरुले बताए ।

पछिल्लो समय औषधालय पनि सुनसान बन्दै गएको छ । स्वास्थ्यकर्मी सेवा दिन तयारी अवस्थामा रहे पनि बिरामी आउन छाडेका कारण औषधालय सुनसान बन्दै गएको हो । करीब दुई वर्षदेखि आयुर्वेद औषधालय चिकित्सकविहीन भएपछि अहिले उक्त अस्पताल सुनसान बन्न पुगेको औषधालयमा कार्यरत कर्मचारीहरु बताउँछन् । विसं २०७४ जेठमा उक्त औषधालयका चिकित्सक चेतराज ओझाको अन्य जिल्लामा सरुवा भएपछि सरकारले चिकित्सक खटाएको छैन । “चिकित्सक हुँदा बिरामीहरु हुरुरु आउँथे”, कविराज एवम् औषधालय प्रमुख घिमिरेले भन्नुभयो, “चिकित्सकले दिने सेवा हामीले पनि दिने गरेका छौँ तर पनि खै बिरामीहरु घटेका छन् ।” उहाँले यहाँ आएका बिरामीको उपचारमा भने कमी नभएको जिकिर गर्नुभयो ।

स्थानीयवासी मोहन पनेरुले औषधालय एकान्त स्थानमा भएको र यहा“को सेवा र सुविधाबारे सर्वसाधारणलाई जानकारी नह“ुदा बिरामी घटेको बताउनुभयो । “औषधालय त बिरामीको सहज आवतजावत हुने ठाउँमा पो हुनुपर्ने हो”, स्थानीयवासी पनेरुले भन्नुभयो, “डाक्टर साब आफँै हुँदा सर्वसाधरण तथा सरोकारवालासँग सम्बन्ध बनाउने र उपचारका लागि प्रेरित गर्ने भएकाले पनि बिरामीहरु बढेका थिए ।” उहाँले चिकित्सक औषधालयमा आउँदा अस्पतालको रौनक नै फेरिन्छ भन्नुभयो ।
त्यस्तै अर्का स्थानीयवासी सन्तोष नेपालीले स्वास्थ्यकर्मीहरुमा बिरामी आए पनि ठीक छ नआए पनि ठीक छ भन्ने मानसिकता रहेकाले पनि बिरामीहरु नआउने गरेको आरोप लगाउनुभयो । उहाँले बिरामीको विश्वास जित्न सक्ने वातावरण औषधालयले गर्न नसकेको बताउनुभयो । मानिसहरुको न्यून चलहपहल हुने दिपायलको पुरानो बजार ९बस्तीविहीन सेती नदीको किनार० मा २०५८ सालमा आयुर्वेदिक औषधालय स्थापना गरिएको थियो । औषधालयमा जान बाटोसमेत छैन । आर्थिक वर्ष २०७३÷७४ मा दुई हजार ७३ र २०७४÷७५ मा एक हजार ५४० बिरामीले ओपिडीमा उपचार गराएको कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ । एक वर्षको अवधिमा बिरामीको सङ्ख्या बढ्नुपर्नेमा उल्टै घटेर ५३३ जना मात्रै पुगेका छन् ।

त्यस्तै औषधालयबाट उपलब्ध गराउने विशेष सेवाहरुमा पनि बिरामीको सङ्ख्या न्यून हु“दै गएको छ । प्राप्त विवरण अनुसार आव२०७३÷७४ मा चार हजार १०९ र २०७४÷७५ मा दुई हजार ७३ बिरामीले सेवा लिएका थिए । औषधालयले तीन वर्ष यताबाट बाथ रोगीका लागि पञ्चकर्म विधि शुरु गरेको छ । पञ्चकर्म विधिमा पानीको बाफका माध्यमबाट बाथका रोगीको उपचार गरिन्छ । यो सेवा शुरु गरेपछि बिरामीको सङ्ख्या बढेको छ । चिसो समयमा बाथ रोगका बिरामी विभिन्न समस्या लिएर आउन थालेकाले पञ्चकर्म विधि शुरु गरिएको हो । यो विधि मङ्सिरदेखि शुरु हुने गर्छ तर चिकित्सक नहँुदा पञ्चकर्म विधिबाट उपचार गर्न आउने बिरामीको सङ्ख्या पनि घट्न थालेको छ । सो रोगको उपचारका लागि अघिल्लो आवमा दुई हजार ६२० बिरामी आएकामा गत आवमा दुई हजार ३०० मात्र आएका थिए ।

“एकै दिनमा दैनिक डेढ सयसम्म बिरामी पञ्चकर्म विधिबाट उपचारका लागि आउँथे”, औषधालय प्रमुख घिमिरेले भन्नुभयो, “त्यही विधि शुरु गरेपछि धेरै बिरामीले राहत पाएकाले विश्वास गर्नेको पनि ओइरो थियो तर चिकित्सकको अभाबमा औषधालय सञ्चालनमा कठिनाइ हुनाका साथै बिरामीको विश्वास पनि घट्ने गरेको छ ।” औषधालयबाट ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि पोषिलो र शक्ति प्रदान गर्ने औषधि वितरणको कार्यक्रम पनि छ तर औषधालय आउने बाटो नहुँदा सन्निपातका बिरामी हिँड्न नसकेर उपचार गराउन पनि आउन मान्दैनन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button