तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई १० लाख राहत

तनहुँ – चितुवाको आक्रमणबाट ज्यान गुमाएकी भानुकी पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच भानु नगरपालिका-२ भकुन्थोककी पुष्पा अधिकारीको परिवारलाई नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको तर्फबाट १० लाख रुपैयाँ राहत वितरण गरिएको हो ।

बालिका पुष्पा अधिकारीकी आमा दुर्गा अधिकारीलाई भानु नगरपालिकाको उपप्रमुख आशा थापा, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सयुक्त रुपमा राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

गत जेठ २४ गते साझ ७ बजेको समयमा वर्ष ८ की अधिकारीलाई आफ्नै घरको आगानबाट चितुवाले लगेको थियो । बालिकालाई आँगनबाट जंगलमा लगेको र मृत्यु भइसकेको अवस्था पछि फेला परेको थियो ।

चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाए
तनहुँको भानु नगरपालिका मै चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै भानुमै भालुको आक्रमणबाट ३ जना घाइते भएका थिए । मृत्यु हुनेको परिवार र घाइते लाई डिभिजन वन कार्यालय तनहुँले क्षतिपूर्ति दिईसकेको छ । अहिले पनि भानु नगरबासीमा चितुवाको त्रास रहेको छ ।

वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको छ ।

त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढीमा  दश हजार क्षतिपूर्ति पाउने निर्दे्शिकामा उल्लेख छ ।

चितुवाको शिकार बन्यो ३० घरपालुवा जनावर
तनहुँमा गत आर्थिक वर्ष २०७५/७६ मा ३० वटा घरपालुवा पशुचौपाया चिुतवाको सिकार बनेका छन् । विभिन्न समय र स्थानमा चितुवाले ३० वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा र्पुयाएको क्षति वापत कार्यालयले १ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका २०७५ (तेस्रो पटक संशोधित) अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा) तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button