तपाईँ सुन्दै हुनुहुन्छः

तिहार अगावै स्थानीय तहमा प्राविधिक कर्मचारीको पदपूर्ति भईसक्छ : मन्त्री पण्डित

विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तिहार अगावै स्थानीय तहमा प्राविधिक कर्मचारीको पदपूर्ति भईसक्ने बताउनु भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा विराटनगरमा आज आयोजित प्रदेशस्तरीय अन्तर समन्वय तथा विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितले विकास योजनालाई सहयोग पुग्ने गरि रिक्त रहेको सबै तहमा कर्मचारी पठाउन लागिएको उल्लेख गर्नुभयो ।

करारमा कर्मचारी भर्ना गर्ने छुट स्थानीय तहलाई दिए, विकास बजेटको आकार घट्ने र प्रशासनिक बजेटका आकार बढ्ने उहाको भनाई थियो ।

उहाँले नागरिकलाई सहज ढंगले सेवा दिन स्थानीय तहमा आवश्यक कर्मचारीका लागि जोखिम मोलेर लोकसेवा आयोगमार्फत परीक्षा लिइएको बताउनुभयो ।

संघीयता कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तह नै भएका कारण संघीय सरकारले नै लोकसेवामार्फत कर्मचारीको पदपूर्ति गरेको पनि उहाले प्रष्ट पार्नुभयो । उहाँले विदेशमा तालिम लिनका लागि पराराष्ट्र मन्त्रालयको अनुमति अनिवार्य र स्वदेशमा समेत जथाभावी तालिममा सहभागी हुन रोकिने बताउनु भएको थियो ।

प्रादेशिकस्तरमा प्रशिक्षण इकाई स्थापना गरेर सरकारी कर्मचारीलाई आवश्यक तालिम तथा पुर्नताजगि अभिमुखीकरण सरकारले नै गराउने उहाँको भनाई थियो ।

छोटो समयमा कर्मचारी समायोजनको काम गर्नुपर्ने बाध्यता रहेपनि सफलतापूर्वक सम्पन्न भएको भन्दै मन्त्री पण्डितले आफूलाई विभिन्न मुलुकका राजदुतहरुले समेत जिज्ञासा राख्ने गरेको जिकीर गर्नुभयो ।

प्रदेश न १ का प्रमुख सचिव सुरेश अधिकारीले जनप्रतिनिधि र कर्मचारीको क्षमता बृद्धिका लागि तालिम उपयोगी हुने भएकाले त्यसको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button