तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको दुईदिने महाधिवेशन प्रतिनिधि प्रशिक्षण सम्पन्न

भक्तपुर । भक्तपुरको बोडेमा संचालन भएको नेपाली काँग्रेसको दुईदिने प्रशिक्षण हिजो साँझ सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै कांग्रेस उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले आफ्नै पीडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो ।

प्रशिक्षणमा नेताहरु बिमलेन्द्र निधी, हरिहर दाहाल, खिलानाथ दाहाल, डा. गोविन्द पोखरेल, पुरुषोत्तम दाहाल, डा. आरजु देउवा, डा. प्रभु बुढाथोकी लगायतले सात जिल्लाका सहभागि महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिनु भएको नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा प्रदेश नं ३ का १३ जिल्ला मध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरि सात जिल्लाका ३१० जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

दुईदिने प्रशिक्षणमा काँग्रेसको आगामी नीति कसरी अगाडि बढाउने, काँग्रेस तल्लो तहसम्म कसरी जाने, आगामी निर्वाचनमा कसरी काँग्रेस पहिलो हुने, कार्यकर्ता तहसम्म पार्टीलाई एकढिक्क बनाएर कसरी लैजाने भन्नेबारेमा प्रशिक्षण दिएको बताईएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षणको शुक्रबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएके थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button