तपाईँ सुन्दै हुनुहुन्छः

विश्व सञ्चार परिषदको नेपाल च्याप्टर गठन

काठमाडौं ।  विश्व सञ्चार परिषद(World Communicators’ Council-WCC) नेपाल च्याप्टरको शनिवार औपचारिक घोषणा गरिएको छ । काठमाण्डौंमा आयोजित एक समारोहका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिषदको नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै शुभारम्भ भएको घोषण गर्नुभएको हो ।

सो अवसरमा मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रता कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउन भयो । उहाँले मुलुकको विकासका लागि मिडियाले जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको सहभागितामा गठित परिषद्को नेपाल च्याप्टरको १९ सदस्यीय कार्य समितिको अध्यक्षमा लक्ष्मणदत्त पन्त रहनुभएको छ । यसैगरि उपाध्यक्षमा कपिल काफ्ले, सचिवमा उमेश पोखरेल, सह सचिवमा सुरेश कुमार यादव र कोषध्याक्षमा आरती शिल्पकार रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा यम बहादुर दुरा, डां अभयराज घिमिरे, अमरध्वज लामा, अनिता विन्दु, तुला अधिकारी, जें बि विश्वकर्मा, सुमन गिरी, कृति भुजु, जगदिश्वर पाण्डे, राधा खनाल, श्रीकृष्ण धिमाल, दीर्घराज उपाध्याय र चन्द्रशेखर कार्की रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button