तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा विद्याभुषण प्रदान, रेडियो नेपालका अंग्रेजी सम्पादक पनि सम्मानित


काठमाण्डौ –  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभुषण क,ख,ग र नेपाल छात्रा विद्यापदक तथा प्रमाणपत्रद्धारा विभिन्न विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा विद्याभुषण विद्याबारिधितर्फ २ सय ३१ जना, स्नातकोत्तरतर्फ १ सय १ जना स्नातक तहतर्फ ११ जना र नेपाल छात्रा विद्यापदकतर्फ २३ जना तथा कक्षा १२ बाट ७ जनालाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा प्राज्ञिक जनशक्तिको आवश्यकता पुरा गर्न सम्मानित व्यक्तित्वहरुको भुमिका अहम् रहने बताउनुभयो ।

उहाँले मुलुकको समृद्धि र विकासमा शिक्षाको भुमिका महत्वपुर्ण हुने भन्नुहुदै दक्ष जनशक्ति उत्पादनमा सबै प्राज्ञिक व्यक्ति तथा शैक्षिक संंस्थाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले ज्ञान र सीपको सही सदुपयोग हुन सकेमा सरकारको सुखी नेपाली, समृद्ध नेपालको संकल्प पुरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको विकास विना कुनैपनि प्रकारको विकास सम्भव नभएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न वर्तमान सरकार सक्रिय रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल विद्याभुषण ख श्रेणीबाट २०७५ सालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा उच्चतम तहको ग्रेड प्राप्त गर्ने रेडियो नेपालका अंग्रेजी समाचार सम्पादक सोनिका लामिछाने सहित १ सय १ जनालाई सम्मानित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button