तपाईँ सुन्दै हुनुहुन्छः

दीर्घसेवी शिक्षकलाई स्वेच्छिक अवकास

मकवानपुर – मकवानपुरको थाहा नगरपालिकाले लामो समय शिक्षा सेवामा रहेर काम गर्नु भएका ४ जना शिक्षकहरुलाई स्वेच्छिक अवकास दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाले आईतबार चालीसौं शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसर पारेर शिक्षकहरुलाई नगद सहित अवकास दिएको हो । नगरपालिकाले शिक्षकहरुलाई नगद एक लाख सहित स्वेच्छिक अवकास दिएको हो ।
त्यस्तै कार्यक्रममा नगरका उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो । नगरपालिकाले शिक्षक स्वर्णीम अवसर योजना ल्याएर उहाँहरुलाई अवकास दिएको हो ।

अवकास पाउने शिक्षकहरु ३० देखि ४१ वर्ष शिक्षण पेशामा लाग्नुभएकाहरु ह्ुन्हुन्छ । नगरपालिकाले २५ वर्ष शिक्षण सेवामा लागेकाहरुका लागि उक्त योजना ल्याएको जनाएको छ । नगरपालिकामा २५ वर्ष माथि शिक्षण पेशा गर्नुभएका शिक्षकहरुको संख्या ४४ जना रहेको थाहा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

थाहा नगरपालिकाका मेयर लबशेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले समाज परिर्वतनमा शिक्षकहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।
अवकास लिनुहुने शिक्षकहरु आगामि जिवन सुखमय होस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button