तपाईँ सुन्दै हुनुहुन्छः

पाँच हजार घुससहित प्रहरी जवान  पक्राउ

बीरगंज – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाबाट खटिएको टोलीले मुद्दा मिलाई दिने बहानामा घुस वापतको ५ हजार रकम लिने प्रहरी जवानलाई आज बीरगंजबाट रंगेहात पक्राउ गरेको छ ।

बीरगंजको माईस्थान स्थित दही पसलबाट मुद्दा मिलाई दिने वहानामा एक पिडितसँग ५ हजार रुपैया बुझि रहेको अवस्थामा अख्तियारको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौलाले जनाएको छ ।

अख्तियारका प्रहरी निरिक्षक लक्ष्मण बहादुर खडकाको नेतृत्वको टोलीले प्रहरी जवान तेलीलाई पक्राउ गरेको जनाईएको छ । पक्राउ परेका तेलीलाई थप कारवाहीका लागि हेटौडा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button