तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु

 


बीरगंज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ बस्ने ३२ बर्षिय अजय दासको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।

ब्रम्हाचौकमा रहेको एक पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि उनी गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते दासको उपचारको क्रममा गएराति नै नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button