तपाईँ सुन्दै हुनुहुन्छः

विर्तामोडको बजेट एक अर्ब १२ करोड

सुरुङ्गाविर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गरेको छ ।

‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिवृद्धि, सभ्य र स्वास्थ्य नागरिक, विर्तामोड नगरपालिकाको समृद्धि’ भन्ने मूल नारासहित नगरले आव २०७६÷०७७ का लागि सो बजेट सार्वजनिक गरेको हो ।

तेस्रो नगरसभाबाट पारित गरी सार्वजनिक गरिएको बजेट, नीति तथा कार्यक्रममा आन्तरिक आम्दानीतर्फ रु २० करोड २७ लाख ५० हजार, (घर जग्गा रजिष्टे«सन नौ करोडसमेत) नेपाल सरकार वित्तीय समानीकरणबाट रु २० करोड ९६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ८२ लाख ९४ हजार, नेपाल सरकार सशर्त अनुदान रु २४ करोड ८२ लाख, सामाजिक सुरक्षाभत्ता रु १० करोड, समपूरक कोषबापत रु दुई करोड, लगत सहभागिताबापत रु ८० लाख सङ्घीय सरकारको राजश्व बाँडफाँटबापत प्राप्त हुने रकम रु १३ करोड आठ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम रु एक करोड ५७ लाख दुई हजार, एडिवीमार्फत रु १७ करोड, समपूरक अनुदानबापत रु दुई करोड र जिससमार्फत रु ९९ लाख आम्दानी अनुमान गरी सोहीबमोजिमको रकम खर्च हुने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो ।

कार्यक्रममा यहाँ रहेका सञ्चारमाध्यममध्ये कञ्चनजङ्घा एफएमलाई उत्कृष्ट तथा नगर शिक्षा विकास पत्रकारिताबाट पत्रकार कृष्ण हुमागाईं र राजु पाठकलाई नगद रु १५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै विर्तामोडमा रहेका अस्पताल, नौवटै वडा कार्यालयमा उत्कृष्ट काम गर्ने समूह, उत्कृष्ट राष्ट्रसेवक पुरस्कार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा र वडा नं १ का सवित टीका अधिकारीलाई प्रदान गरियो । त्यस्तै कार्यक्रममा पूर्वनगर शिक्षा अधिकृत युवराज पाण्डेलाई समेत सम्मान गरिएको थियो । (तस्वीर उपलब्ध छ)
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button