२०७६ साल मंसिर ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भर्सेस् ताजिकिस्तान (लाईभ)

रेडियो नेपाल २०७६ भदौ २४ गते १२:०१

 

काठमाडौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) ताजिकिस्तानसँग खेल्दैछ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर टिम ताजिकिस्तानको सामना गर्न लागेको हो ।

ताजिकिस्तानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो ।

नेपालले  अाज ताजिकिस्तानलाई पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । उज्वेकिस्तान यस अघि नै फाइनल पुगिसकेको छ ।