तपाईँ सुन्दै हुनुहुन्छः

चितवन नेकपा अध्यक्ष दाहाललाई पितृशोक

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उहाँको निधन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आउनुभएको थियो । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button