तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी यू–१९ क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया  कपको समूह चरणबाटै बाहिरिएको नेपाली टिम बुधबार बिहान नेपाल आईपुगेको हो ।

प्रतियोगितामा नेपालले मात्र एक जित निकालेको थियो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जित निकालेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button