तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गु रोगथामका लागि सर्च एण्ड डिष्ट्रोय

स्याङ्जा  ।  लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोगका विरामीको संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरिएको छ ।

वालिङ गरपालिकाले बुधबार डेङ्गु रोगथामका लागी खोज र नष्ट गर अभियान अन्तर्गत सडक वरपर, वर्कशपहरुमा सफाई गरेको हो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीहरु, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीयको सक्रियतामा यहाँका वर्कशपमा रहेका टायरमा पानी जम्न नदिन सचेत गराईएको र खाल्डाखुल्डी पुरिएको र खाली बट्टाहरुमा रहेका पानी फालिएको हो ।

स्याङ्जामा लामखुट्टेको टोकाईबाट सर्ने रोग डेङ्गुका ४७ विरामी फेला परेका छन् । नजिकैको शहर पोखरामा डेङ्गुका विरामी उच्च भेटिएका बेला स्याङ्जामा पनि त्यसको प्रभाव परेको र डेङ्गुका विरामीको संख्यामा बृद्वि भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत कमल पाण्डेले बताउनुभयो । जिल्ला अस्पताल स्याङ्जामा दुई जना, ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा एक जना र अन्य पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा भेटिएको तथ्याङ्क प्राप्त भएको जनस्वास्थ्य अधिकृत पाण्डेले बताउनुभयो ।

जिल्ला अस्पताल स्याङ्जा र ग्रहौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ गरी दुई स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गर्न सकिन्छ । जिल्लामा रहेका यी दुई स्वास्थ्य संस्थाबाहेक पोखराका विभिन्न अस्पतालमा गरेर उपचार तथा परीक्षण गराउनेको संख्या धेरै रहेको छ । डेङ्गु रोगबाट बच्नका लागि स्याङ्जाका एघार वटै पालिकाहरुले सचेतनामूलक कार्यक्रम तथा लामखुट्टे नियन्त्रणका लागि ‘सर्च एण्ड डिष्ट्रोय’ को अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button