तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिलो पटक ‘फोटोथेरापी’ मेसिन जडान

अछाम –   सुदूरपश्चिमका पहाडी जिल्लामध्ये अछाम जिल्ला अस्पतालमा पहिलो पटक ‘फोटोथेरापी’ मेसिन जडान गरिएको छ ।

९ लाख लागत पर्ने ‘फोटोथेरापी’ मेसिन लाइन्स क्लब अफ डक्टर एसोसिएसन नेपालले अस्पताललाई हस्तान्तरण गरेपछि मेशिन जडान गरी बिरामीको उपचार शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

मंगलबारदेखि मेशिन जडान गरी बिरामी बालबालिकाको उपचार शुरु गरिएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मनोज बिष्टले बताउनुभयो ।

मेसिन जडान पछि बिशेष गरेर नवजात शिशुमा देखिने जन्डीसको उपचार गर्न सहज हुने अस्पतालले जनाएको छ । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लामा अछाममा मात्र यो मेसिन जडान गरिएको बिरामीलाई थप राहत भएको अस्पतालले जनाएको छ ।

नवजात शिशुमा जन्डिस देखिएमा उपचारका लागि जिल्ला बाहिर धनगढी र नेपालगन्ज, काठमाण्डौँ लगायतका ठाउँमा रेफर गर्नु पर्ने बाध्यता रहेकोमा अब उपचार सहज र जिल्लामै सम्भव भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्टको भनाई छ ।

बाल जण्डिसको उपचारका लागि धनगढी र नेपालगन्ज जानुपर्ने बाध्यता हटेपछि जिल्लाबासी खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button