तपाईँ सुन्दै हुनुहुन्छः

अछामको चौरपाटी गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिका घोषणा

अछाम – अछामको चौरपाटी गाउँपालिका साक्षर पालिका घोषणा भएको छ । जिल्लाका १० स्थानीय तह मध्ये चौरपाटी पहिलो साक्षर पालिका भएको हो ।

गाउँपालिकाका १५ बर्ष देखि ६० बर्ष मूनिका ९६ प्रतिशत जनता साक्षर भएसँगै गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले बताउनुभयो ।

गाउँपालिकाका १५ बर्ष देखि ६० बर्ष मूनिका ११ हजार ६ सय ७० जनसंख्या मध्ये ६ हजार १ सस १६ महिला र ५ हजार ५ सय ५४ पुरुष गरी ११ हजार २ सय २६ साक्षर रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा अब बाँकी १५ बर्ष देखि ६० बर्ष मूनिका ४ सय ४४ जना मात्र निरीक्षर रहेको गाउँपालिकाको तथ्याङ्कमा जनाएको छ । वडा नं. १ सिउडीमा १५ बर्ष देखि ६० बर्ष मूनिका १ हजार ७ सय ९२ जनसंख्या मध्ये १ हजार ६ सय ९६ साक्षर र ९६ जना मात्र निरिक्षर रहेको तथा ९५ प्रतिशत साक्षर रहेको तथ्याङ्क उल्लेख गरिएको छ ।

यस्तै वडा नं. २ हजार ५ सय ७० मध्ये २ हजार ४ सय ६६ साक्षर तथा १ यस ४ निरीक्षर गरी ९६ प्रतिशत साक्षर रहेको छ । यस्तै वडा नं. ३ सोकटमा १ हजार २ सय ५० जनसंख्या मध्ये १ हजार १ सय २ साक्षर तथा ६ जनसंख्या निरीक्षर, वडा नं. ४ पायलमा २ हजार ३ सय ९८ मध्ये २ हजार ३ सय ५९ साक्षर तथा २३ जना मात्र निरीक्षर रहेको तथ्याङ्क रहेको छ ।

यस्तै वडा नं. ५ लुंग्रामा १ हजार ४ सय ९६ मध्ये १ हजार ४ सय ३१ साक्षर संख्या तथा ६५ जना मात्र निरीक्षर, वडा नं. ६ दुनीमा १ हजार २ सय ५० मध्ये १ हजार २ सय २२ साक्षर तथा २८ जना मात्र निरीक्षर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै वडा नं. ७ मार्कुमा भने ९ सय १४ जनसंख्या मध्ये ८ सय ७० साक्षर तथा ४४ जना निरीक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ । अछामलाई २०७६ भाद्र मसान्त सम्म साक्षर जिल्ला घोषणाको तयारी छ । साक्षरता घोषणाको लागि मोवाईल तथा घडि हेरी समय बताउन सक्ने, ० देखि ९ सम्मको अंक बताउन सक्ने, बैँक भौचर भर्न सक्ने, ट्राफिक चिन्ह चिन्न सक्ने लगायतका चिन्न वा भन्न सक्ने भए वडा वा स्थानीय तह साक्षर घोषणा गर्न सकिने नेपाल सरकारको अवधारणा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button