तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु रोग नियन्त्रणको लागि बर्दिवासमा सर्च एण्ड डिस्ट्रोय अभियान

बर्दिवास– लामखट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणको लागि बर्दिवास नगरपालिकाले सर्च एण्ड डिस्ट्रोय अभियान गर्ने भएको छ ।

डेंगु नियन्त्रणको लागि संरोकारवालाहरुसंग भएको छलफल पश्चात नगरपालिकाले  बिहिबारबाट डेंगु रोग बारेमा जानकारी दिने र सर्च एण्ड डिस्ट्रोय अभियान थालनी गर्ने स्वास्थ्य शाखा संयोजक महेन्द्र यादवले जानकारी दिनुभयो ।

महोत्तरी जिल्ला हाल ३ जनामा डेंगु रोग देखिएको स्वास्थ्य शाखाले जनाएको छ । डेंगु नियन्त्रण प्रभावकारी सर्च एण्ड डिस्ट्रोय कार्यक्रम, स्वास्थ्य शिक्षा, घरदैलो कार्यक्रम कार्यक्रम गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताउनुभयो ।

बर्दिवास नगरपालिका डेंगु रोगको उच्च जोखिममा रहेको भन्दै सर्च एण्ड डिस्टा«ेय र स्वास्थ्य शिक्षा प्रभावकारी बनाईने उहाँले बताउनुभयो । आर्थिक बर्ष ०७३/०७४ मा महोत्तरीको बर्दिवास नगरपालिकामा ८ सय ४७ जनामा डेंगु देखापरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button