तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक : दल दर्ताको जिम्मा महासचिव पौडेललाई

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न उप–निर्वाचनका लागि दल दर्ता लगायतका आन्तरिक व्यवस्थापनको काम गर्ने जिम्मेवारी पार्टीका महासचिव विष्णु पौडेललाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले महासचिव पौडेललाई आवश्यक सम्पूर्ण तयारी पुरा गरी यही महिना भित्र दल दर्ता गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूलाई जानकारी दिनुभयो ।

सरकारले विभिन्न कारणबाट रिक्त रहेका प्रतिनिधी सभा, प्रदेश सभा र स्थानीय तहका पदहरूमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button