तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठकः प्रहरी समायोजन विधेयक पारित

भुषण पोखरेल । राष्ट्रिय सभाको आजको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, २०७६ र प्रहरी समायोजन विधेयक, २०७६ पारित गरेको छ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले ती दुबै विधेयक प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकमा गृह मन्त्री थापाले अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तरगतको पालेर्मो अभिसन्धि र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रसाशकीय अदालत विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन माथि विचार गरियोस भन्ने प्रस्ताव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सेफगार्डस् एण्टी डम्पिङ तथा काउन्टर भेलिङ्ग विधेयक, २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघि गुरुङ्गले वातावरण संरक्षण विधेयक, २०७६ र वन विधेयक २०७६ सम्वन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रिय सभाको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button