तपाईँ सुन्दै हुनुहुन्छः

पक्राउ परेका चन्दसहित सबै विद्यार्थी छुटे

चितवन। चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो ।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुमध्ये नौलाई राति ९ बजे र अन्यलाई राति ११ बजे छाडिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको प्रवक्ता कोइरालाले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button