तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल युवा संघको बैठक : सात निर्णय

काठमाडौं । नेकपा सम्बद्ध दुई भ्रातृ संगठन वाइसिएल र युवा संघबीच एकता भएको नयाँ समिति नेपाल युवा संघको यहि भदौ २५ गते बेसेको बैठकले यस्तो निर्णय गरेको छ ।

– ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्न पार्टीसँग माग गर्ने ।

– ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका ११५ जना रहने

– चार सदस्य पछि मनोनित गरिने

– केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहने

–९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति

– सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन प्रदेशको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमति

– युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना र सोही दिन कार्यालय उद्घाटन् हुने

विज्ञप्ति :

प्रतिक्रिया राख्नुहोस्

Back to top button