तपाईँ सुन्दै हुनुहुन्छः

‘औद्योगिक शान्तिविना सामाजिक र साँस्कृतिक शान्ति सम्भव छैन’

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले औद्योगिक शान्तिविना सामाजिक र साँस्कृतिक शान्ति सम्भवन नभएको बताउनु भएको छ ।

राजधानीमा आयोजित औद्योगिक शान्ति नेपाल म्युजिकल अवार्ड–२०७६ कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अहिलको आवश्यकता औद्योगिक शान्तिको भएको बताउनु भएको हो ।

उहाँले संगीत र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा औद्योगिक शान्ति नेपाल पत्रकारिता सम्मान–२०७६ बाट वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, नेपाल टेलिभिजनका संवाददाता सोम शर्मा बजगाई लगायतलाई सम्मान गरिएको थियो ।

म्युजिक अवार्ड–२०७६ अन्तर्गत संगीत क्षेत्रका २२ विद्यामा मनोनयनमा परेका कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो ।  म्युजिकल अवार्ड–२०७६ को लाइफटाइम अचिभमेन्ट अर्वाडबाट देव रानालाई प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button