तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक : वातावरण संरक्षण विधेयक र वन विधेयक २०७५ पारित

काठमाडौँ – राष्ट्रियसभाकोे आजको बैठकले वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ पारित गरेको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकले विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरेको वताउनुभयो ।

विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोमल ओलीले धारणा राख्नुभएको थियो ।

यसैगरी बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २९ गते आइतवार दिनको ३ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button