२०७६ साल कार्तिक २९ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मौलिक ‘पहिरन’ लोपोन्मुख

सागर परियार २०७६ भदौ २७ गते १४:०७

जुम्ला-  कणार्ली प्रदेशको पातारासी गाउँपालिका २ तल्फीकी ६५ वर्षिय गोईली बोहोरा कुनै विशेष अवसरमा जहिले पनि पुराना पहिचान झल्कीने पहिरन लगाउँछिन् ।

विशेष अवसरमा उनी हातमा चाहिको बालो, घाटीमा सिक्काको माला, खुटामा चाम, ऊनको पटकी, ठेटुटाको गामन, कालो कम्बल, कालो मखमली चोली लगायतका पहिरन लगाउँछिन् ।

सोही गाउँकी सम्झना बोहोरा पनि विशेष अबसरमा पुराना भेषभुसा नै लगाउँछिन् । माईत जाँदा होस् या बिवाह ब्रत बन्ध हुँदा उनी पुराना पोशाकमै सजिएकी हुन्छिन् ।

गएको भदौ २० गते पातारासी तल्फीमा पुराना पोशाक लगाएका चार महिलाहरुसँग टुपुल्क भेट भयो ।

हातमा चाहिको बालो, घाटीमा सिक्काको माला, खुटामा चाम, उनीको पटकी, ठेटुटाको गामन, कालो कम्बल, कालो मखमली चोली लगाएर सजिएकी ६५ वर्षिय गोईली लगायत ४ जना गाउँपालिकामा हुने कार्यक्रममा (मागल) गाउन तयार भएर जादै रहेछन् । पातारासीमा भदौ २१ गते सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय तेस्रो बैठकको उद्घाटनमा मागल गाउनका लागि मगाइएको रहेछ ।

जब मन्त्रीले कार्यक्रमको उद्घाटन गर्नु पहिले मागल गाउन गाईली, संझना, बाचु लगायत ४ जनालाई मन्चमा बोलाइयो । उनीहरुले लगाएको पहिरनको फोटो खिच्न पत्रकारदेखि स्थानीयको लर्को लाग्यो । सोही अवशरमा कर्णालीका पर्यटनमन्त्रीले पनि परम्परागत पहिरन लगाएका महिलासंग फोटो खिच्नुभयो । त्यो दृष्यले कर्णालीको परम्परागत पहिरनको महत्व आबश्यकता र विशेषता सबै झल्कायो ।

१०÷१५ वर्ष अघिसम्म सबैको घरघरमा पाईने परम्परागत पहिरन आजभोली लोप हुन थालेको छ । सबैको घरमा भएको भए सायद पातारासीका ४ महिलाले लगाएको फोटा खिच्नेहरु भिड लाग्दैन थियो होला एक स्थानियले भने ।

के- के हुन् परम्परागत पहिरन ?
जुम्लाका विभिन्न पर्व सांस्कृतिसंग मिल्ने भेषभुसाहरु भिन्न भिन्नै छन् । विबाह, बत्रबन्धदेखि, मागल गाउँदा, पञ्चेबाजा बजाउँदा, हुड्ेक नाँच्दा, ढाल नाच नाँच्दा लगाउने पहिरन छुटाछ्ट्ै हुन्छन् । ‘पुर्खाहरुले लगाउने पुरुषको पहिरनमा दोचा, दोफर (जुत्ता चप्पलं), उनीको शुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनी पाखाको कोट, भाउराको गाँदो, उनीकै नेपाली टोपी पुरुषको पहिरन हो ।’

पहिला सबैले लगाउने पुरुषहरु आजभोली खोज्दै जाँदा पनि यस्ता पुराना कपडा लगाउने पुरुष भेटिदैनन् । त्यस्तै महिला तर्फ लगाउने पुराना परम्परागत पहिरनहरुमा ठेटुवाको गामन (धोती) टुन्डेलाको फरिया, लहरे डौठो ( पछिउरा) कालो काम्लो, कुकुकुरछाप डौठो, ठेटुवाको घाग्रो, फुली, झक्के बुलाखी, पाते मुन्ना, फुली, खुटा्मा चादिका कल्ली, हातमा चाहिका बाला, घाटीमा ज्याले, एग्गेडे, लगाउने गर्थे ।

सबैले महत्वपूर्ण र आकर्षक मानिने चाँदी डलरका माला भने प्रथामिकताका साथ लगाउथे । तर अहिले अधिंकाशले लाखौ मुल्यमा बेचेको पाईन्छ । तर त्यसको मुल्य अहिले निकै महंगो छ । कर्णालीको रहनसहन भेषभुसा संगै खानपिन चालचलन सबै एक आपसका परिपुरक छ्न् ।

जुन पछिल्लोे समय भेटाउनै मुस्किल भएका छन् । कोही कसैका घरमा भएपनि हाल त्यसलाई सजाउनका लागि मात्रै राख्ने गरिएको छ ।

लोपहुनलागेको संस्कृतिको संरक्षणमा कर्णालीका नयाँ पुस्ताले चासो दिनुपर्ने संस्कृत विद् रमानन्द आर्चाय बताउनुहुन्छ ।

महत्व नबुझेरै लोपोन्मुख
‘पहिला सबैका घरमा पाईने परम्परागत पहिरन आजभोली पाइदैन । यसको महत्व नबुभझ्दा धेरैले बेचे पनि आफूले संगालेर राखेको’ गोईली बोहोले भन्नु भयो । संस्कृति र पहचिान बेच्नु, मास्नु दुखद् भएको उहाँको भनाई छ ।

‘छोराले आफुलाई थाहै नदिएरै आफ्ना सबै पहिरन काठमाडौं लगेर बेचिदिएको’ तल्फी गाउँकी गंगादेवि बोहोरा बताउँनुहुन्छ । ‘लुकाई राखेको थिए, छोराले चोरेर बेचेछ ।’ उहाँले भन्नुभयो ।

स्थानिय गंगादेवी बोहोरा कतिपयले नबुझेर, कतिपयले पैसा पाइन्छ भनेर त कतिपयले संरक्षण गर्न नजाँनदा पुराना, पहिरन, कला सांस्कृति लोपहुदै गएको बताउँनुहुन्छ ।

तल्फीमा रहेको ३ सय घरधुरीमा अहिले खोज्दै जाँदा पनि ५÷६ घर भन्दा बढिकोमा परम्परागत पहिरन भेटिदैन् । कर्णालीका सास्कृति विद रमानन्द आर्चायले भन्नुभयो – ‘पातारासी मात्र हैन, जुम्लाका २० हजार घरधुरीमै परम्परागत पहिरन लोपउन्मुख छ । पछिल्लो पुस्तामा चासो नहुनुु र अघिल्ला पुस्ताले सिकाउन नसक्नु पहिरन लोपहुनुको मुख्य समस्या भएको आचार्यको बुझाई छ ।

पहिला गाउँघर मेला पर्वमा लगाईने पहिरन आजभोली सबैका लागि सरप्राईज हुन थालेको प्रति आचार्यले दुख व्यक्त गर्नुभयो । यसमा स्थानीय सरकारले कला सांस्कृतिमा छुटाउने बजेटले पहिरनमा संरक्षणमा जोड दिन उहाँको सुझाब छ । विशेषगरी कर्णालीमा महिलाले मागल गाउँदा लगाउने पहिरननै लोभ भएको छ । यो समस्या जुम्लाको मात्र हैन, आर्चायले भन्नुभयो, समग्र साविकको कर्णालीको पुरानो कला संस्कृतिसंग आधारित पहिरन लोप भएका छन् ।

स्थानीय सरकारका प्रयास
कर्णालीका परम्परागत भेषभुसा पहिरन सांस्कृति जोगाउने अभियानमा स्थानीय सरकार लागेपनि सतही खालको कार्यक्रम भएकोले ऐतिहासिक कुराको सरंक्षण अझै चुनौतीपुर्ण देखिएको छ ।

यहाँको तातोपानी, गुठिचौर गाउँपालिका पंञ्चेबाजा संरक्षणको नीति लिएपनि खास पञ्चेबाजा संग जोडीएको संस्कृति, त्यसका पहिरन, साथै, मागल गाउँदा लगाउने पहिरन, ढाल नाच, ढुक्के नाँच लगायतका पहिरनहरु कतै छैनन् । यसमा स्थानीय सरकारले विशेष जोड दिनु पर्ने संस्कृतविद् आर्चायको जोड छ ।

यता तातोपानीका नवराज न्यौपाने र गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारी पुराना परम्परागत पहिरन संकलन गरेर लोपहुन लागेको पहरिचन बचाउने अभियानमा ज्ट्ने प्रतिबद्धता व्यक्त गर्दछन् । बजेटनै छुटाएर परम्परागत पहिरनको संरक्षणलाई प्रथामिकता दिने उनीहरुको दाबी छ ।