तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय डोटीमा अनलाइन सेवा सुरु

डोटी – सरकारले भुमिसम्वन्धी अभिलेखिकरण चुस्त बनाउने भन्दै सुरु गरेको जग्गा सम्बन्धि कारोबार मालपोत कार्यालय डोटीमा पनि अनलाईन सेवाबाट सुरु भएको छ ।

शुक्रबार मालपोत कार्यालय डोटीले सुरु गरेको अनलाइन सेवा एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख राम बहादुर ऐरले उद्घाटन गर्नु भएको हो ।

डोटीले अनलाईन सेवा सुरु गरेसँग देशभरमा ९२ वटा मालपोत कार्यालयले अनलाईन सेवा सुचारु गरेको छ ।

सुदुरपश्चिम प्रदेशमा रहेका ९ जिल्लाहरु मध्ये अनलाईन सेवा सुरु गर्ने मालपोत कार्यालय डोटी ५ औ भएको छ । यस भन्दा पहिले कैलाली, कन्चनपुर, बैतडी र डडेल्धुरा मा अनलाईन सेवा सुचारु भएको थियो ।

कार्यक्रममा दिपालय सिलगढी नगरपालिकाका नगरप्रमुख मन्जुमलासी, डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, मन्त्रालयका प्रतिनिधि, डोटीका सरकारी कार्यालयका प्रमुख, सेवाग्राही, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button