तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा दुई जनामा डेगुंको संक्रमण

अछाम – अछाम जिल्लामा दुई जनामा डेगुं राेगको संक्रमण देखिएको छ । जिल्लाको रामारोशन गाँउपालिका वडा नं. ४ का १० महिनाका बालक प्रविन परियार र मंगलसेन नगरपालिका वडा नं. ९ का सात बर्षिय दिलिप ओडमा डेगुंको संक्रमण देखिएको हो ।

देशका बिभिन्न ठाँउमा डेंगुको संक्रमण देखिएका बेला अछाममा पनि उपचार तथा परिक्षणका क्रममा २ जनामा डेंगु देखिएको हो ।

बिरामी भएर उपचारको लागि बयालपाटा अस्पताल ल्याईएका परियार र ओड दुबै जनामा डेंगुकाे लक्षण देखिएको र ल्याब परिक्षण गर्दा डेंगु भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले पुष्टि गर्नुभयाे ।

डेंगुको उपचारका लागि स्पेसिफिक औषधी उपचार नभएपनि लक्षणका आधारमा प्राथमिक उपचार गर्न सकिने र त्यहि अनुसार उनिहरुको उपचार पछि रेफर गरिएको डाक्टर गौचनले बताउनु भयो ।

डेंगुबाट बच्न र लाग्न नदिन सरसफाईमा बिशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सल्लाह छ । यो रोग लामखुट्टेको कारणले एक अर्कामा सर्ने भएकाले घरवरिपरीका खाल्डा खुल्डी पुर्ने, वातावरण सरसफाई राख्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने लगायतका सावधानि अपनाएर सचेत हुन डाक्टर गौचनले सबैलाई सुझाब दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button