तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जना गम्भीर घाईते

सर्लाही । सर्लाहीमा गोली प्रहार बाट एक जना मानिस गम्भीर घाईते भएका छन । गए राति ८ बजेको समयमा ईश्वरपुर न.पा. १० खैरा बजार नजिकै वडा नं ११ करुमुहान बस्ने ३५ बर्षिय राजेश साहलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेको हो ।

खैरा बजार बाट घर तर्फ आउदै गर्दा वडा नं ११ स्थित उखु बारीबाट अज्ञात ब्यक्तिले गोलि प्रहार गरेको बताइन्छ । । गोलि प्रहारबाट साहलाई नाईटोको छेउमा गोली लागेकोले अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यलय केशरजंगले जनाएको छ ।

घाईते साहलाई अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार पश्चात थप उपचारको लािग नेशनल मेडिकल कलेज बिरगंज रिफर गरिएको प्रहरीले जनाएको छ । घटना दुखद हो र गोली प्रहार गर्ने ब्यक्तिको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button