तपाईँ सुन्दै हुनुहुन्छः

कपिलबस्तु अस्पताललाई दुइसय थान डेंगु परिक्षण किट हस्तान्तरण

कपिलबस्तु –  डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला कपिलबस्तु नगरपालिका वडा नं. १ ले कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरेको छ ।

डेंगु नियन्त्रण गर्ने उद्देश्यले कपिलबस्तु नगरपालिका वडा नं. १ ले अस्पताललाई  २ सय थान डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको हो ।

मुलुकका अधिकांस जिल्लामा डेंगुको  संक्रमीत बिरामी देखिरहेका बेला कपिलबस्तु अस्पतालमा डेंगु परिक्षण गर्ने किट सहयोग गरेका कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताउनुभयो ।

डेंगु रोकथम गर्न नगरभित्रका गाँउ र स्कुलमा विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम गरिरहेको प्रमुख सिंहले बताउनुभयो ।

जिल्लामा  डेंगुको लक्षण देखा परेको कपिलबस्तु अस्पतालमा आई निःशुल्क रुपमा चेक जाँच गरउना सकिने वडा नं. १ का वडा अध्यक्ष सुदीप पौडेलले बताउनुभयो । नगरभित्र रहेका सबै नालीहरुमा औषधी छरकने कार्य भईरहेको अध्यक्ष पौडेलले बताए ।

देशका सबै अस्पतालहरुमा डेंगुका बिरामीले भरिभराउ हुंदा जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तु संग भने अहिले सम्म १ जनको तथ्यांक रहेको छ । प्रमुख भगतका अनुसार औपचारीकरुपमा १ जनाको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको बताए ।

उनका राजमार्गमा बस्ने नागरिकले प्रदेशिक अस्पतालमा उपचार गर्न गएकाले  तथ्यांक संकलन गर्न गह्रो भएको बताए ।

किट हस्तान्तरण कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमलराज आचार्य, वडा नं. ७ का वडा अध्यक्ष धर्मत्मा माणी त्रिपाठी डा गंगाराम यादव, रत्नाकर शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button