तपाईँ सुन्दै हुनुहुन्छः

शिव–महाआरतीको आय-व्याय सार्वजानिक, १०८ जलाधार निर्माण गरिने

स्याङ्जा गण्डकी प्रदेश कै प्रसिद्ध छाङछाङदी छाँयाक्षेत्र मन्दिरमा  सञ्चालित शिव महाआरतीबाट  ६७ लाख ५५ हजार ६ सय २२ रुपैँया बचत भएको छ  ।

छाङछाङदी छायाँक्षेत्र सेवा समितिले शिव–महाआरतीको आय-व्याय  शनिबार मन्दिर प्राङगणमा पत्रकार सम्मेल मार्फत सार्वजानिक गरेको हो ।

श्रावण महिनाको १ देखि ३२ गतेसम्म सञ्चालित सत्संग तथा शिव–महाआरतीमा ९१ लाख ९ सय ३६ आम्दानी गर्दै २३ लाख ४५ हजार ३ सय १४ रुपैँया खर्च गरी ६७ लाख ५५ हजार बचत गर्न सफल भएको छायाँ क्षेत्र सेवा समितिका सह–सचिव गोकुल अधिकारीले बताउनुभयो ।

आम्दानीतर्फ भजन कृतनबाट २ लाख ० हजार ३ सय ९५, दानपेटिकाबाट १ लाख ६ हजार ३० रुपैँया, पार्किङ व्यवस्थापनमा ६ हजार ६ सय, स्टल बिक्रिबाट ६७ हजार ५ सय ५०, चामल बिक्रिबाट १८ हजार ५ सय ६०, आजिवन सदस्यबाट ५८ लाख २६ हजार २ सय ५३, कलश सहयोग ४ लाख १६ हजार ९ सय ८८, आरती तथा सहयोग रसिदबाट २३ लाख ७८ हजार ५ सय ६० गरी ९१ लाख ९ सय ३६ रुपैँया संकलन भएको सहसचिव अधिकारीले बताउनुभयो ।

त्यस्तै खर्चतर्फ यातायात तथा ढुवानी खर्चमा ७८ हजार ८ सय ३५, इन्धन खर्चमा ४१ हजार ४ सय ७५, टेन्ट रंगरोगन तथा सजावटमा २ लाख ७६ हजार ९ सय ६५, प्रसारप्रसार ब्रुसर, पम्ल्पेटतर्फ २ लाख २५ हजार ६३, संयमसेवक परिचालनमा ९९ हजार ९ सय, किराना समानतर्फ ३ लाख ३३ हजार ९ सय २९, खाजा तथा खाना खर्च २५ हजार ४ सय ४० , मर्मतसंभार ४४ हजार ४ सय ४०, विज्ञापन प्रचारप्रसार तथा बाजामा ७४ हजार ५ सय, कलश खरिदमा १ लाख ५८ हजार २ सय ७२, प्रमाणपत्र कदरपत्र र सम्मानतर्फ २ लाख, पण्डित खर्च ७ लाख ७४ हजार ६ सय १५ र विविध खर्चमा ११ हजार ७ सय ८० गरी २३ लाख ४५ हजार ३ सय १४ रुपैँया रहेको छ ।

कार्यक्रममा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बचत रकमले मन्दिरमा १०८ धारा निर्माण, पार्क निर्माण,  अन्य भौतिक निर्माण, नवग्रह निर्माण,  सिटि हल निर्माण,  प्रवेशद्वारदेखि भित्रको सडक फराकिलो पार्ने योजना रहेको बताउनुभयो । नेपाल सरकार  अन्तर्गत  गण्डकी प्रदेशले  ४० लाख सहयोग गर्ने र भीरकोट नगरपालिकाले समेत २० लाख दिने भएकाले बचत रकम र सहयोग रकमले ती सबै योजना पुरा गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । छाङछाङदी छाँयाक्षेत्र मन्दिरलाई प्रदेश कै प्रमुख धार्मिक स्थलको रुपमा विकास गर्नका लागि परेको श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय प्रचार-प्रसारका कारण मन्दिरको धार्मिक महिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुगेको छ । लुम्बिनी र पोखराको केन्द्रमा रहेको शिव मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने प्रयास गरेका छौँ ।”

मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।

यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विशेषगरी महाशिवरात्री,  बैशाखे सक्रान्ती,  आश्रवण सक्रान्ती,  हरिसयनी एकादशी,  साउनको सोमबार,  तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती,  हरिबोधनी एकादशी,  बालाचर्तुदशी,  माता तीर्थऔँशी,  प्रत्येक एकादशी,  ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button