जनकपुरधामको गंगासागरमा तर्पण गर्नेको घुईचो
जनकपुरधाम – सोह्र श्राद्धको पहिलो दिन जनकपुरधामको प्रसिद्ध गंगासागरमा पितृ प्रति श्रद्धाभाव प्रकट गर्दै तर्पण गर्नेहरुको विहानदेखि नै अत्यधिक भिड रहेको छ ।
जनकपुरधामको गंगासारमा तर्पण गर्दा गंगानदिमा गएर तर्पण गरे सरहको फल प्राप्ति हुने जनविश्वास रहेका कारणले नै तर्पणका लागि नेपाल भारतको ग्रामिण क्षेत्रवाट हजारौ व्यक्तिहरु पुगेका छन् ।
पहिलो दिन ऋषि तर्पणी भएकाले घरको, फूल, काक्रो, दक्षिणा दिएर तर्पण गरेका छन् । तर्पण गर्नका लागि सर्वसाधारणहरु उल्लेख्य संख्यामा आएपछि पण्डितहरु पनि दर्जनौको संख्यामा उपस्थित रहेका थिए ।
प्रत्येक वर्ष ऋषित तर्पणीका दिन जनकपुरधामको धार्मिक महत्वको गंगासागर, दुग्धमति, धनुषाको कमला नदिमा तर्पण गर्नका लागि हजारौ व्यक्तिहरु सहभागी हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्