तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा प्रतियोगितात्मक बालगीत सम्मेलन सम्पन्न (फोटोफिचर)

काठमाडौँ– राष्ट्रिय बाल दिवसका अवसरमा रेडियो नेपालले आज प्रतियोगितात्मक बाल गीत सम्मेलनको आयोजना गर्यो ।

सम्मेलनमा गायनतर्फ अपाङ सेवा संघ ललितपुर प्रथम, पुष्पवाटिका बोर्डिङ स्कुल द्धितिय र तारा माउण्टले ईङ्लिस स्कुल टोखाले तृतिय स्थान हासिल गरेको छ । त्यसैगरी संगिततर्फ दिपक ठकुरी र रचनातर्फ मधुश न्यौपाने उत्कृष्ट भएका छन् ।

Image may contain: 5 people, wedding, tree, table, suit and outdoor

प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् भने उत्कृष्ट संगित र रचनालाई ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

रेडियो नेपाल परिसरमा आयोजित सम्मेलनमा उत्कृष्ट कलाकारलाई पुरस्कार प्रदान गर्नुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध रहेको र अनाथ बालबालिकाको लालनपालन तथा उनीहरुको संरक्षणमा सरकारले आवश्यक नीति तर्जुमा गर्ने बताउनभयो ।

मन्त्री थापाले बालप्रतिभा प्रस्फुटन एवं उनीहरुको मानसिक तथा बौद्धिक विकास गर्न यस्ता सम्मेलन र प्रतियोगिता महत्वपूर्ण अवसरका रुपमा रहेको भन्नुहुँदै यसकार्यका लागि रेडियो नेपाललाई धन्यवाद दिनुभयो ।

Image may contain: 3 people, people standing and flower

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बालप्रतिभा को सम्मानका लागि रेडियो नेपालले प्रतियोगितात्मक बालगीत सम्मेलनको आयोजना गर्दै आएको जानकारी दिनुहुँदै आगामी वर्षदेखि ७ वटै प्रदेशबाट ३÷३ समूह गरी २१ वटा समूह बनाएर हरेक क्षेत्रका बालबालिकाको प्रतिनिधित्व गराउने गरी सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बालबालिकाहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले रेडियो नेपालले प्रतियोगितात्मक बाल गीत सम्मेलन आयोजना गर्ने गरेको बताउनुभयो ।

Image may contain: 9 people, people standing

सम्मेलनमा विभिन्न २४ वटा विद्यालय तथा समूहका बालबालिकाहरुले बाल अधिकार संरक्षण हुने विभिन्न चेतनामुलक गीतहरु प्रस्तुत गरेका थिए । रेडियो नेपालले बाल अधिकार संरक्षणका लागि प्रत्येक वर्ष बाल दिवसका अवसरमा प्रतियोगितात्मक बाल गीत सम्मेलन गर्दै आएको छ ।      

सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बाल दिवस घोषणा गरी चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

Image may contain: 14 people, people standing, wedding and outdoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button