तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा बस दुर्घटना, १० जना घाइते, दुइको अबस्था गम्भीर

तुलसीपुर– पश्चिम दाङको बाँका भन्ने स्थानमा यात्रु बोकेको बस पल्टिदा गर्भवती महिलासहित १० जना घाइते भएका छन् । दुर्घटना भएको ठाउँ दंगिशरण गाउँपालिका – ७ मा पर्छ ।

तुलसीपुरबाट चरकमटीयाकालागि छुटेको रा१ख २१५६ नम्बरको बस अनिन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते मध्ये दुइको अवस्थारहेको प्ररहरीले जनाएको छ ।  गम्भीर  घाइते भएका बबई गाउँपालिका –७ निबासी १९ बर्षकी गर्भवती धनसरी कुमाल र नाम थर नखुलेकी अर्की महिलालाई कोहलपुर रिफर गरिएको बताइएको छ ।

अन्य ८ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको इलाका प्रहरी कमार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए ।

बसमा ३० जना यात्रु सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button