तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा बस दुर्घटना : एकको मुत्यु चार घाईते

बस दुर्घटनामा पछिल्लो टायरमा च्यापीएर मृत्यु भएका नन्द बहादुर  । तस्बिर : हरि शंकर चौलागाई ।

 

जुम्ला । जुम्लामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने पाँच जना गम्भीर घाईते भएका छन् ।

सिंजाबाट जुम्ला तर्फ जादै गरेको ना ३ ख ७६६४ नम्बरको बस तिला गुफा १ स्थित जुम्ला कालिकोटको सिमा नाग्म पुलमा मंगलवार दुर्घटना हुँदा सिंजा गाउँपालिका १ निवासी वर्ष २७ का नन्द बहादुर शाहिलको मुत्यु भएको डिएसपी लाल बहादुर धामीले बताउनु भयो । घाईतहरुका अनुसार चालकको लापरर्बाहिले गर्दा बस दुर्घटना भएको हो ।

डिएसपी धामीका अनुसार अनुसार घाईते हुनेमा चन्दननाथ नगरपालिका ९ का वर्ष ३५ का छाया उपाध्ययाय, चन्दननाथ नगरपालिका ९ कै वर्ष ३१ की गर्भकन्या उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका ८ का वर्ष ३० की जुनमती रावत, सोहि नगरपालिका ८ कै वर्ष ३५ की लालदेवि रावत र अछाछ जिल्ला डकारी गाउँपालिका ६ का वर्ष ३५ डिल भुल बसदुर्घटनाबाट घाईते भएका हुन् ।

उनिहरुको अहिले कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको डिएसपी धामीले जानकारी दिनुभयो । अगाडी नेपालगन्ज जाने गाडी गुडिरहेको थियो । आफु चढेको बसलेलाई अगाडीको अगाडीलाई ओभर ट्यांक गर्न स्पीड चलाएको र कन्ट्रोल गर्न नसकि नाग्म पुल नजिकको चट्यानमा ठोकिदा बस दुर्घटना भएको घाईतको भनाईलाई उद्रित गर्दै डिएसपीले बताउनु भयो ।

उहाँका अनुसार बस चालक फरार रहेका छन् । दुर्घटना हुन वित्तिकै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सहितको सुरक्षाको टिम गएर शव र घाईतेलाई कर्णाली अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button