तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकम जुम्ला शाखामा कर्मचारी अभाव

जुम्ला । नेपाल टेलिकमको साविक कर्णाली अञ्चल कार्यालय जुम्लामा छ । जुम्लाबाटै मुगु, डोल्पा र हुम्ला जिल्ला हेर्नू पर्दछ । डोल्पा जिल्लाका लागि जुम्लाको चिमारा मालिकाबाट लाईन गएको छ । मुगुका लागि डाँफे लेकहुँदै मुगु र हुम्ला जिल्ला पनि यहीबाट लिंक लाईन गएको छ । चारवटै जिल्लामा जुम्लाबाटै हेर्नू पर्छ ।

यत्तिधेरै कार्यक्षेत्र र काम भएपनि टेलिकम शाखा जुम्लामा जम्मा ४ जना मात्र कर्मचारीहरु छन् ।
‘एकजना करार प्राविधिक र ३ जना स्थायी कर्मचारी छौ ।’ शाखा प्रमुख पदम बहादुर महताराले जानकारी दिनुभयो ।

‘भौगोलिक विकटताले कतै समस्या आउँदा जान आउन निकै मुस्किल छ । कर्मचारी अभावकै कारण सेवा प्रभावित भइरहेको छ ।’ निमित्त प्रमुख महताराले सुनाउनुभयो ।

एकातिर विकट भएकाले कर्णाली टेलिकममा काम गर्न कर्मचारी नै आउन मान्दैनन, कर्मचारी व्यवस्थापन केन्द्रले समेत चासो नदिँदा कर्णालीमा संचारको समस्या हुँदै आएको उहाँले बताउनुभयो ।
हिमाली क्षेत्रमा रहेका कुल जनसंख्याको ९५ प्रतिशत नागरिक नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गर्छन् ।

चार जिल्लामा काम गर्ने दुईजना मात्रै प्राविधिक छन् । जुम्लाबाट हुम्ला, डोल्पाका रिपिटर टावरमा जान एक हप्ता लाग्छ, टावरमा समस्या आएपछि कर्मचारी अभावकै कारण हप्तादिनसम्म संचार अवरूद हुने बाध्यता छ ।दुईजना मध्ये एक जना विदामा बसे झनै समस्या हुन्छ उहाँले भन्नुभयो ।

प्रत्येक रिपिटर टावरमा एक विज्ञ कर्मचारी राखेमा कुनै विपत्तीमा पनि तत्तकाल जोखिम कम गर्न सकिन्छ । थप कर्मचारी नराखेपनि सुरक्षा गार्डलाई ईलेक्ट्रेनिक ज्ञान दिनु नितान्त आबश्यकता रहेको स्थानियहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button