तपाईँ सुन्दै हुनुहुन्छः

बिश्वकर्मा पुजा गर्ने क्रममा आगलागी हुदाँ कैलालीमा ४० लाख बराबरको क्षति

धनगढी  –  कैलालीको धनगढी उपमहानगरपालिका ४ स्थित केवी अटो पार्टस्मा आगलागी हुदा ४० लाख बराबरको क्षति पुगेको छ ।

आज बिश्वकर्मा पुजा गर्ने क्रममा उक्त अटोपाट्समा आगलागी भएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कमाुर बस्नेतले आगलागीबाट ४० लाख बराबरको क्षती भएको बताउनुभयो ।

आगलागीलाई धनगढी उपमहानगरपालिका कार्यालयबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button