तपाईँ सुन्दै हुनुहुन्छः

अन्तशुल्कको स्टिकर हिनामिना गर्ने २ उद्योगीलाई ३१ करोड ६३ लाख जरीवाना

बीरगंज।
आन्तरिक राजस्व कार्यालय वीरगंजले मदिराको बोतलमा प्रयोग गरिने अन्तशुल्कको स्टिकर हिनामिना गरेको अभियोगमा बीरगंजका २ जना मदिरा उद्योगका संचालकलाई ३१ करोड ६३ लाख ३० हजार ८० रुपैया जरीवाना र १/१ बर्ष कैद सजायको फैसला गरेको छ ।

गत भदौ २६ गते पक्राउ परेका वीरगंज महानगरपालीका वाडा नम्बर २४ रामगढवामा सञ्चालित उदयपुर डिस्टीलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र पर्साको पोखरीया नगरपालिकाको बसतपुरमा सञ्चालित जयश्री धौलागिरी डिस्टीलरीका सञ्चालक शम्भुशरण कलवार बिरुद्धको मुद्दामा सो फैसला भएको आन्तरीक राजश्व कार्यालय बीरगंजका प्रमुख गोपी कृष्ण कोईरालाले बताउनुभयो ।

कार्यालयले दुबै मदिरा उद्योगका सञ्चालकले अन्तशुल्क ऐन २०५८ को दफा १६ को उपदफा १(क) र दफा १६ को उपदफा २(ख) बमोजिमको कसूर ठहर गरी अन्तशुल्क राजस्व छलीगरेको हुदाँ ३१ करोड ६३ लाख विगो,जरिवाना र विलम्ब शुल्क सहित १–१ बर्ष कैद सजाय तोकिएको कोइरालाले बताउनुभयो ।

अभियुक्तहरुले विगो,जरिवाना र विलम्ब शुल्क नबुझाए मुलुकी फौजदारी संहिता २०७४ को दफा १६४(२) बमोजिम जायजेथा बाट असूल उपर गरीने र जायजेथा बाट समेत असूल नभएमा सोही एनेको दफा १६४को उपदफा ५ बमोजिम ७ वर्ष कैद सजय हुने फैसलामा उल्लेख गरिएको छ ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय वीरगंजबाट दुबै उद्योगमा खटिएका चार जना कर्मचारीलाई पनि निजामति सेवा ऐन २०५० को दफा ५९ बमोजिम बिभागीय सजय गर्ने फैसलामा जनाइएको छ ।

कर्मचारीहरुले आफनो जिम्मेवारी पूर्ण रुपमा पुरा नगरेको हुदाँ उनीहरुलाई कारबाही गर्ने निर्णय भएको आन्तरीक राजश्व कार्यालयका प्रमुख कोईरालाले बताउनुभयो । कारावहीमा पर्ने कर्मचारीहरुमा नायब सुब्बा हेमकुमार चौधरी,राजनप्रसाद घिमिरे,अनिलकमार झा र निशा सर्राफ रहेको कोईरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button