तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तको बोरा उधोगमा आगोलागि, करोडौंको क्षती

कपिलवस्तु ।  जिल्लाको वाणगंगा नगरपालिकामा एक उद्योगमा भिषण आगलागी भएको छ । मंगलबार राती लगभग १२ बजे विद्युत सर्ट भएर नेपाल फेब्रिक इष्ड्रष्टिज उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट ४ करोडको क्षति भएको उद्योग सञ्चालकको अनुमान छ ।उद्योगमा आगलागि भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल बोलाइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा करोडौंको क्षति भएको उद्योग सञ्चालकले बताएका छन् ।

आगालागीबाट भएको क्षतिबारे इलाका प्रहरी कार्यालय पिपराले विवरण संकलन गर्न लागेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश कुमार जोसीले जानकारी दिनुभयो । उद्योगले बोरा उत्पादन गर्दै आइरहेको थियो । घटनाको वितृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button