तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक कृषि फार्म सञ्चालनमा

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ स्थित छविसेफाँटमा व्यावसायिक कृषि परियोजना सञ्चालनमा आएको छ । स्वरोजगार प्रवद्र्धन एवं कृषि क्षेत्रलाई सम्मानित पेशा बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय युवाको संयुक्त लगानीमा ‘शुद्धीकरण कृषि फार्म’ मार्फत कृषि र पशुपालन शुरु गरिएको हो ।

यहाँको माझीटार, भत्तेरी, बट्टार र घारीगाउँको करीब ९० रोपनी बाँझो जग्गा भाडामा लिएर कृषि परियोजना कार्यक्रम शुरु गरिएको फार्मका अध्यक्ष राजाराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फार्ममा माछा, बँदेल, हाँस र टर्कीको व्यावसायिक पालन शुरु गरिएको छ । उक्त फार्ममा स्थानीय छ जनाको सामूहिक लगानीमा बाँझो रहेको जग्गामा व्यावसायिकरूपमा कृषि एवं पशुपालन शुरु गरिएको छ । फार्ममा रु एक करोडभन्दा बढी लगानी भइसकेको फार्मका सञ्चालक समितिका सदस्य प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयस्तरमा आन्तरिक पर्यटनको विकास परियोजनाको मुख्य लक्ष्य रहेको छ । माछा, बँदेल, हाँस, टर्कीको व्यावसायिक पालनको लक्ष्य भए पनि कालिज र लौकाटसमेत परीक्षणको रूपमा पाल्न थालिएको छ । मत्स्य विकास केन्द्र त्रिशूली र हेटौँडाको प्राविधिक सहयोगमा उक्त फार्ममा हाल सातवटा पोखरीमा माहुर, ग्रासकार्प, कमनकार्प जातका दुई लाख भुरा छाडिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button