तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुुने

बिराटनगर – प्रदेश न १ को सस्कृति, परम्परा तथा भेषभुुषालाई चलचित्रको अन्तराष्ट्रि क्षेत्रमा चिनाउने उदेश्यले सुुनसरीको धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुुने भएको छ ।

प्रदेश न १ को आन्तरिक मामिला तथा कानुुन मंत्रालयले आज मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा आगामी कातिक २२ गतेदेखि २४ गतेसम्म महोत्वसको आयोजना गर्न लागेको जनाएको छ ।

प्रदेश सरकारको निति तथा कार्यक्रममा उल्लेख भए अनुुसार नेपाली चलचित्रको विकासका लागि महात्सवको आयोजना हुुन लागेको हो ।

प्रदेश सरकार, नेपाल चलचित्र बिकास वोर्डको आयोजना तथा धरान उपमहागरपालिका र स्वीस विकास नियोगको सहकार्यमा महोत्सव हुुन लागेको हो ।

महोत्सव नेपालका र अन्तराष्ट्रिय क्षेत्रका गरी २५ वटा चलचित्र प्रदर्शन हुुने चलचित्र विकास वोर्डका अध्यक्ष केशब भट्राईले बताउनुुभयो । महोत्वसमा पहिलो रंगिन चलचित्र देखि १० वटा ऐतिहासिक नेपाली चलचित्र प्रर्दशन हुुने छन । महोत्समा नेपाललाई लक्षित गरेर बनाइएका दुुईवटा स्वइस चलचित्र प्रर्दशन हुुने उहाँको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मुल आयोजक समितिका अध्यक्ष एंव आन्तरिक मामिला तथा कानुुनमन्त्री हिकमत कार्कीले, महोत्वस प्रदेश न १ को कला संस्कृति भेषभुुषालाई अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गर्न महोत्सव कोसेढुङ्ुगा साबित हुुने बताउनुुभयो । उहाले चलचित्र क्षेत्रको बिकासका लागि सरकारले एक नम्बर प्रदेशमा छायाकंन स्र्पोट तथा सुुटिंग स्थल निमार्णगर्न लागेको बताउनुुभयो ।

प्रदेश न १ का प्रमुुख सचिव सुुुरेश अधिकारीले महोत्सवको महत्व र तयारीका बारेमा जानकारी गराउनुु भएको थियो । महोत्सवको अवसरमा बिराटनगर दमक जस्ता पुुर्वका प्रमुुख सहरमा युुवा तथा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमकको आयोजना हुुने छन ।

महोत्वलाई लक्षित गरि विभिन्न समितिहरुसमेत गठन भएका छन । प्रदश न १ का सबैै सिनेमा हलमा नेपाली चलचित्र चलाइने र महोत्समा नेपाली चलचित्र निर्माता तथा चलचित्र वितरकको समस्या र त्यस्को समाधानाबारे छलफल हुुने विकास बोर्डका अध्यक्ष भट्राईले बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button