तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको प्रसारण प्रभावकारिताका लागि राय सुझाव संकलन तथा परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

कास्की। पोखरा

गण्डकी  प्रदेशको मुकाम पोखरामा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराको आयोजनामा मुख्यमन्त्री पुथ्वी शुव्वा गुरुङको प्रमुख आतिथ्यमा रेडियो नेपालको प्रसारण प्रभावकारिताका लागि राय सुझाव संकलन तथा परामर्श गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।

परामर्श गोष्ठीलाई सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले रेडियो नेपालसंग सहकार्य गर्दै जाने तथा रेडियो नेपालले आफ्नो प्रसारणमा समावेशीपना, संघियता, लोकतान्त्रिक गणतन्त्र, ऐनकानुन, जीवनशैली लगायतका विषयमा रेडियो वहस चलाउदै जानुपर्ने आवश्यकता रहेको वताउनु भयो । रेडियो नेपालले  गण्डकी  प्रदेशमा प्रसारण पहुँच वढाउदै सबैले रेडियो नेपाल सुन्न सक्ने वनाउनु पर्नेमा पनि जोड दिनु भयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कोकीको अध्यक्षतामा संचालित सो कार्यक्रममा गण्डकी प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरि वहादुर चुमानले रेडियो नेपालको प्रभावकारिता र विश्वसिनयतालाई अझ दरिलो वनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने वताउनु भयो ।

सो  गोष्ठीमा गण्डकी प्रदेश सरकारका   प्रमुख सचिव हरी वस्याल, उधोग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतका वक्ताहरुले प्रादेशिक प्रसारण पोखरा र समग्र रेडियो नेपालको प्रसारणलाई   प्रभावकारी  वनाउने विषयमा महत्सुवपूर्ण सुझाव दिनुभएको थियो ।

सो अवसरमा रेडियो नेपालका कार्यकारी  निर्देशक सुरेश कुमार कार्कीले निकट भविष्यमै रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारण संस्थाको रुपमा रुपान्तरण हुने भएकोले सो अघि रेडियो नेपालको क्षमता विस्तार गरीने गरी प्रक्रिया अगाडी वढाइएको र यसका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहने हुँदा यस तर्फ सकारात्मक सहयोगको अपेक्षा रहेको धारणा राख्नु भयो ।

नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकीका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादवको स्वागत मन्तव्य सहित शुरु भएको कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी.ले रेडियो नेपालको समग्र अवस्था सहित गण्डकी प्रदेश प्रसारणवारे प्रस्तुति गर्नु भएको थियो । विभिन्न श्रोता र नागरिक समाजका व्यक्तित्वहरुले सो अवसरमा महत्वपूर्ण  सुझाव दिदै  रेडियो नेपालको प्रसारणलाई अझ प्रभावकारी वनाउन समावेशी, खोजमुलक र स्थानियपनका सामग्रीहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button