तपाईँ सुन्दै हुनुहुन्छः

लुटेरा समात्न प्रहरीले चलायो ३ राउण्ड गोली, ४ लुटेरा पक्राउ, एक घाइते

जनकपुरधाम । जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको लुटेरुा समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका हुन् । पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह रहेका छन् । प्रहरीले उनीहरुको साथबाट हतियार समेत बरामद गरेको ।

बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि भाग्न खोजेका थिए । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुशार भाग्न लागेसँगै उनीहरुलाई ३ राउण्ड गोली चलाएर नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चलाएको गोलीबाट एक जना लुटेरा घाइते भएका छन् उनको खुट्टामा गोली लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button