तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी वकिल कार्यालयमा अनलाईन सेवा

जुम्ला । नमुना सरकारी वकिल कार्यालयका रुपमा कामकाज गर्ने गरी कर्णाली प्रदेशले घोषणा गरिएको सरकारी वकिल कार्यालय जुम्लामा अनलाईन सेवा प्रणाली शुरु गरिएको छ । विगत दुईवर्षदेखि कार्यालयमा आउने जाहेरी दरखास्त देखि फैसला भएका मुद्धाहरुको अभिलेख राख्ने, पुराना मिसिलहरु भेटाउन सहज हुने र दैनिक कार्यसम्पादनलाई छिटो छरितो बनाउन अनलाईन प्रणाली शुरु गरिएको सरकारी वकिल कार्यालयका शाखा अधिकृत नगेन्द्र लम्सालले बताउनुभयो  ।

उनका अनुसार पुराना शैलीमा हातमा लेखिएका मुद्धा हराउने, ढडा्मा भेटाउन समय लाग्ने, नागरिकले भनेकै समयमा सेवा प्रवाह गर्न ढिलाई हुने भएकोले छिटो छरितो सेवा प्रवाह गर्न तथा अभिलेखलाई चुस्त राख्न अनलाईन प्रणाली शुरु गरिएको शाखा अधिकृत लम्सालले उल्लेख गरे । सरकारबादी फौजदारी मुद्धाका साक्षी गवाहहरुको नाम ठेगाना सम्पर्क नम्बर ईमेल, अनलाईनमै राखिने छ । भने, अदालतमा बकपत्र हुने सूचना टेलिफोन ईमेल एसएमस लगायत अन्य प्रविधिबाट सेवालाई प्रविधियुक्त बनाईएको छ ।
प्रदेश सरकारले नमुना सरकारी वकिल कार्यालयका रुपमा मुद्धा व्यवस्थापन पद्धतीलाई सफ्टवयरहरुलाई पुर्णरुपमा कार्यान्वयन ल्याउने नीति अनुसार अनलाईन प्रणाली शुरु गरिएको छ । अनलाईन प्रणाली शुरु गरिएको दुई वर्षकै अन्तरालमा सेवा प्रवाहमा निकै सजह भएको अदालतले जनाएको छ ।

अनलाईनमा अपडेट गरिएका सबै अभिलेखहरु उच्च अदालत पछि पुनरावेदनल अदालतले दैनिक चेक गर्छ । भने, महान्याधिवक्ताको कार्यालयबाट ७७ जिल्लामा अनलाईन प्रणालीको पोर्टकल वितरण गरेको हो । सोही अनुसार कार्यसम्पादनका हिसाबले प्रदेशले तोकेको नमुना वकिल कार्यालय अन्तरर्गत जुम्लामा शुरु गरिएको हो ।

बुधबार पत्रकारहरुलाई वकिल कार्यालयको वार्षिक कार्यक्रमबारे जानकारी गराउदै,उच्च सरकारी वकिल कार्यालयका निमित्त सहन्याधिवक्ता पुण्य प्रसाद पाठकले आम नागरिकलाई न्यायीक पहुँचमा ल्याउन नमुना सरकारी वकिल कार्यालयका काम अघि बढिरहेको बताउनुभयो ।
उनका अनुसार आव २०७४÷७५ बाट सामुदायमा सरकारी वकिल कार्यक्रम शुरु गरिएको थियो । सोहि अनुसार तातोपानी गाउँपालिकामा असोज २ गते न्यायीक विषयमा कार्यक्रम गरिएको छ । पिडित पक्षलाई न्याय दिने र सरकारी पक्षलाइए आँच नआउने गरी मुद्धा फैसला भईरहेको छ ।
मुद्धा फैसलामा बृद्धि
आव २०७४÷७५ मा नेपाल सरकारको पुनरावेदन मुद्धा ७९ वटा रहेकोमा ३५ वटा फर्यौट भएका छन् । भने, उल्टी २ वटा भएका छन् । पैसला हुनबाँकी ४९ मुद्धा रहेको वकिल कार्यालयले जनाएको छ । साथै, आव २०७५÷७६ आएका १ सय ३१ वटा मुद्धा मध्य ७२ वटा मुद्धा फैसला भएको न्यायधिवक्ता पाठकले बताए ।
त्यसमा कसुर कायम संख्या ६१ छन् भने, फैसला हुँन बाँकी ५९ वटा मुद्धा रहेका छन् । वकिल कार्यालयको मुद्धा फर्यौटको तथ्यांक हेर्दा २०७४÷७५ भन्दा २०७५÷७६ मा ३७ वटा मुद्धा बढि फैसला भएका छन् । आगामी दिनमा अmभै पिडित पक्षलाइए चाडै न्याय दिनेगरी काम गर्ने प्रतिबद्धता छ । भने, समुदायमा सरकारी वकिल कार्यक्रमको प्रभावकारीता बढ्दै गएपछि न्याय सम्पादनमा सहज भएको छ । उनले भने, गत आवको भन्दा ३७ वटा बढि मुद्धा फैसाला भएका छन् । अनलाई प्रणाली शुरु गरे संगै न्याय सम्पादन पनि छिटो हुन थालेको हो ।

अझै पनि न्याय सम्पादन नागरिक मैत्री नभएको भन्ने गुनासो आएकोले आगामी दिनमा सरकारी वकिल कार्यालयका दैनिक कार्यसम्पादनलाई सुधार गर्दै लैजाने समेत न्यायधिबक्ता पुण्य प्रसाद पाठकले दाबी गरेका छन् । कार्यालयमा तातो चिसो पानी सहित थुनुवा कक्ष, बयान कक्ष भेटघाट कक्ष दैनिक सेवाको विवरणलाई चुस्त र पारदर्शी बनाउने लक्ष्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button