तपाईँ सुन्दै हुनुहुन्छः

बारामा चालकलाई खादा ,फुलमाला र अबिरले सम्मान

 बारा– बारा प्रहरीले बाराका बिभिन्न ठाउँहरुमा गाडी चालकहरुलाई खादा ,फुलमाला र अबिरले सम्मान गरेको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सड्क सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने मुल नाराको साथ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सार्बजनिक सवारी चालकहरुसँग हिन्दुहरुको महान चाड बिजया दशमी ,दिपावली र छठको शुभकामना अदानप्रदान गरेको थियो ।

यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउन ,यात्रुहरुसँग मौकाको फाईदा नउठाउन , तोकिएको भाडादर भन्दा बढी रकम नलिन र ट्राफिक नियमको पालना गर्न कार्यक्रममा सुझाव दिँदै चालकहरुलाई खादा ,फुलमाला र अबिरले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता रञ्जित सिह राठोरले जानकारी दिनुभयो ।

बारा प्रहरीले सिमरा चोकमा प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीको नेतृत्वमा, कलैयाको भरत चोकमा प्रहरी निरिक्षक शेख अदालतको नेतृत्वमा र निजगढ चोकमा प्रहरी निरिक्षक बिक्रम लामाको नेतृत्वमा कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button