तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा आतंक मच्चाउने नरभक्षी चितुवा खोरमा पर्यो

तनहुँ – तनहुँको भानु नगरपालिकामा बुधबार राति एउटा चितुवा खोरमा परेको छ । स्थानीय सामुदायिक वनले भानु वडा नं २ मा पर्ने जंगलमा बनाएको काठको खोर बनाएका थिए ।

उक्त काठ खोरमा बुधबार राति करिब १०ः०० बजेको समयमा चितुवा खोरमा परेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । भानु नगरपालिकाको कार्यालय नजिकै नारेश्वटारमा बनाइएको काठे खोरमा चितुवा परेको हो ।

नरभक्षी चितुवालाई खोरमा फसाउन केही दिन अघिदेखि नै बाख्रासहितको खोर बनाई राखिएको थियो । खोरमा परेको चितुवालाई प्रहरीको सुरक्षामा राखिएको राखिएको थियो । उक्त चितुवाले भानुका वडा नं. १, २, ३ र ४ का बालबालिका, महिला, वृद्धवृद्धालाई त्रास फैलाएको थियो ।

‘चितुवालाई सन्तनगर रुपन्देही पठाइयो’, डिभिजन प्रमुख बरालले भन्नुभयो ’खुल्ला बनमा छोड्दा असुरक्षित हुने हुदाँ रुपन्देही पठाइएको हो ।’ ’चितुवा करिब १० वर्ष जतिको देखिन्छ’ प्रमुख बरालले भन्नुभयो ’भाले हो, निकै आक्रमक देखिन्छ ।’ हेर्दा मान्छे खाने खाल्कै भएको प्रमुख बरालले बताउनुभयो । सो क्षेत्रमा अरु पनि चितुवा भएको हुदाँ साझको समय र दिउसै पनि एक्लै बन क्षेत्रमा नजान प्रमुख बरालको आग्रह गर्नु भएको छ ।

डिभिजन बन कार्यालय तनहुँका कर्मचारीहरुले चितुवालाई काठको खोरबाट झिकेर फलामे खोरमा राखी रुपन्देही पठाएको उहाँले बताउनुभयो । चितुवा हेर्न सर्वसाधरणको भीड लागेको थियो ।

चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाए
तनहुँको भानु नगरपालिका मै चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै भानुनगरपालिकामा नै भालुको आक्रमणबाट ३ जना घाइते भएका थिए । मृत्यु हुनेको परिवार र घाइते लाई डिभिजन वन कार्यालय तनहुँले क्षतिपूर्ति दिईसकेको छ । अहिले पनि भानु नगरबासीमा चितुवाको त्रास रहेको छ ।

वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको प्रमुख बरालले जानकारी दिनुभयो । त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने निर्दे्शिकामा उल्लेख छ ।

चितुवाको शिकार बन्यो ३० घरपालुवा जनावर
तनहुँमा गत आर्थिक वर्ष २०७५र७६ मा ३० वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । विभिन्न समय र स्थानमा चितुवाले ३० वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा र्पुयाएको क्षति वापत कार्यालयले १ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्दे्शिका २०७५ (तेस्रो पटक संशोधित) अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा) तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button