तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश– ३ मा ३४ नयाँ एन्फा रेफ्री

दोलखा । प्रदेश ३ मा ३४ जना नयाँ एन्फा रेफ्री बनेका छन् । अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दोलखा जिल्ला फुटबल संघले पहिलो पटक सञ्चालन गरेको प्रदेश स्तरीय एन्फा रेफ्री कोर्स तालिममा ३४ जना उर्तिण भै नयाँ रेफ्री बनेका हुन् ।

तालिममा उर्तिण रेफ्रीहरुलाई ब्याच र प्रमाणपत्र वितरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले तालिममा उर्तिण नयाँ रेफ्रहरुले निष्पक्ष, इमान्दार र लगनसिल भएर काम गर्नु पर्ने उल्लेख गर्नुहुदै युवा रेफ्रीहरुले राष्ट्रियमात्र नभै अन्तराष्ट्रिय स्तरमा समेत काम गर्ने लक्ष्य लिनु पर्ने बताउनु भयो ।

उर्तिण नयाँ एन्फा रेफ्रीहरुलाई ब्याच र प्रमाणपत्र वितरण गर्नुहुदै प्रदेश ३ का सांसद विशाल खड्काले विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलको रेफ्री बन्नु आफैमा गौरवपूर्ण रहेको उल्लेख गर्नुहुदै आफ्नो जिम्मेवारीलाई इमान्दारीता पूर्वक पुरा गर्नुपर्ने बताउनु भयो ।

दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्वमा सम्पन्न ब्याच तथा प्रमाणपत्र वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, तालिमका प्रशिक्षक एन्फा रेफ्रि कमिटीका सदस्य सुरेन्द्र शिखाकार, प्रशिक्षणमा उत्कृष्ठ रेफ्री काभ्रेका सपन वस्नेत र दोलखा जिल्ला फुटबल संघका महासचिव कौरव पाण्डेले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा दोलखा जिल्ला फुटबल संघका संस्थापक अधयक्ष अमृतबहादुर शाहि सिंह वस्नेतलाई सम्मान गरिएको थियो ।

एन्फा रेफ्रि कोर्स तालिममा एन्फा रेफ्रि कमिटीका सदस्य सुरेन्द्र शिखाकार, सुदिस पाण्डे, किरण गिरी र ओम न्यौपाने प्रशिक्षण दिनु भएको आयोजक दोलखा जिल्ला फुटबल संघका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

तालिममा प्रदेश ३ को भक्तपुर, रामेछाप र रसुवा बाहेक १० जिल्लाका ३७ जनाको सहभागिता रहेको सात दिने प्रयोगान्तमक एवं शैद्धान्तिक प्रशिक्षणमा ३४ जना उर्तिण भएको तालिमका प्रशिक्षक एन्फा रेफ्रि कमिटीका सदस्य सुरेन्द्र शिखाकारले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button