तपाईँ सुन्दै हुनुहुन्छः

फ्राक्चरका विरामीलाई साइन प्रविधिबाट उपचार

दोलखा  न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित प्रस्थावित चरिकोट अस्पतालमा नलिखुट्टाको हड्डी भाँच्चीएर (फ्राक्चर) थला परेका दोलखाको उत्तरी दुर्गम बुलुङका सोमबहादुर नेपाली कटुवालको साइन प्रविधिबाट उपचार गरिएको छ ।

अमेरीकाको साइन फ्राक्चर कियर संस्थाको सहयोगमा साइन प्रविधिबाट आर्थिक अवस्था कम्जोर भएका नेपालीको निशुल्क उपचार गरी रड राखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो । डाक्टर दंगाल अमेरीकाको साइन फ्राक्चर कियर संस्थाको लागि नेपालको कार्यक्रम व्यवस्थापक समेत हुनुहुन्छ ।

छोराको विवाहको क्रममा असोज १४ गते घरमा नाँच्दा लडेर नलिखुट्टा भाच्चिएको दोलखा विगु गाँउपालिका वडा नम्बर ३ बुलुङका सोमबहादुर सोहि दिन प्रस्तावित चरिकोट अस्पताल भर्ना हुनु भएको थियो । असोज १६ गते विहिवार अर्थोपेडिक डाक्टर मन्दिप पाठकको निर्देशन र सुझाबमा प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल र डाक्टर तुलाकृष्ण गुप्ताको टिमले सोमवहादुरको साइन प्रविधिको माध्यमले घुडा मुनिबाट रड राखि उपचार गरेको थियो ।

साइन प्रविधिबाट उपचार गर्दा एक दुई दिनमै विरामी हिडडुल गर्न सक्षम हुने र राखिएको रड पनि निकाल्न नपर्ने उपचारमा संलग्न प्रस्तावित चरिकोट अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो । नेपालमा काठमाडौँमा रहेको नेपाल अर्थोपेडिक अस्पताल, धरानमा रहेको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, अछाममा रहेको बयलपाटा अस्पताल र चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पताल गरी चार ठाँउमा मात्र साइन प्रविधिबाट उपचार हुने डाक्टर दंगालको भनाई छ । यो प्रविधिमा प्रयोग हुने रड एउटाको ६० हजार रुपैया पर्ने डाक्टर दंगाल बताउनु हुन्छ । सोमबहादुरको उपचार काठमाडौँमा गरिएको भए कम्तिमा पाँच लाख रुपैया खर्च लाग्ने डाक्टर दंगालले बताउनु भयो ।

उपचार पछि स्वास्थ्य लाभ गरिरहनु भएका सोमबहादुरले आर्थिक रुपमा विपन्न आफुले निशुल्क र सजिलो उपचार पाएको भन्दै खुशी व्यक्त गर्नु भयो । चरिकोट अस्पतालले ग्रामीण भेगका विपन्नहरुलाई निशुल्क रुपमा उत्कृष्ठ सेवा दिदै आएको पनि सोमबहादुरले बताउनु भयो ।

विनाशकारी भुकम्प पछि नेपाल सरकारसंगको सम्झौतामा न्याय हेल्थ नेपालले प्राथामीक स्वास्थ्य केन्द्रलाई प्रस्तावित चरिकोट अस्पतालको रुपमा पूर्ण व्यवस्थापन सहित सञ्चालन गर्दै निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । न्याय हेल्थ नेपालले दुई बर्ष अघि अमेरीकाको साइन फ्रा¥याक्चर कियर संस्थासंग सम्झौता गरी साइन प्रविधिबाट उपचार सेवा दिदै आएको छ । सुरुमा न्याय हेल्थ नेपालकै व्यवस्थापनमा सञ्चालित अछामको बयलपाटा अस्पतालमा यो सेवा सञ्चालन गरिएकोमा एक बर्ष अघिबाट प्रस्तावित चरिकोट अस्पतालमा पनि यो सेवा सुरु गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो । एक बर्षको अवधिमा प्रस्तावित चरिकोट अस्पतालबाट २५ जनाले साइन प्रविधिबाट निशुल्क उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button