तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेपलाञ्चोकमा भेटियो अहिलेसम्मकै प्राचिन किराँतकालिन स्तम्भ (भिडियो सहित)

काभ्रेपलाञ्चोक । अहिलेसम्मकै प्राचिन किरातकालिन स्तम्भ फेला परेको छ । अहिलेसम्म नेपालमा किँरातकालिन स्तम्भ भेटिएको थिएन ।  पहिलो पटक किराँतकालिन स्तम्भ काभ्रेपलाञ्चोकको पाँचखाल–१३ तिमालबेसीमा भेटिएको हो ।

लिच्विकालिन सम्पदाको रुपमा आजसम्म पाँचखालको पलाञ्चोक भगवती मन्दिरमा रहेको विजय स्वामिनीले स्थापना गरेको साक्त धर्मको अभिलेख नै संसारकै साक्त धर्मको पहिलो अभिलेख र लिच्छिविकालिन सबैभन्दा प्राचिन अभिलेख हो ।

लिच्छिविकालिन अभिलेख भेटिएपनि त्यो भन्दा अघिको लिखित किरातकालिन  स्तम्भ अभिलेख  भेटिएको थिएन । भेटिउको स्तम्भमा किरात धर्मालम्बीहरुले पुँजा गर्दा बनाउने चित्रको अकृत्रि पाइएसँगै यो अभिलेख प्राचिन किरातकालिन भएको अनुमान गरिएको छ ।

लिच्छविकालीन भग्नावशेषभन्दा पनि पुरानो किरात कालीन स्तम्भ भेटिएको पालाञ्चोक उपत्यकाका पुरातत्व खोज तथा अनुसनधानका समितिका सदस्य सचिव श्रीकृष्ण धिमालले जानकारी दिनुभयो ।

सुनकोसी (कौशिकी नदी) नदी र झिकुखोलाको दोभानमा भेटिएको प्राचिन स्तम्भको ततकाल अनुसनधान गरी संरक्षण गर्नुपेर्ने धिमालले बताउनुभयो ।
कोसी नदि उत्पति सगै कौसिकि ऋषिले तपस्या गरेको स्थान नै तिमालबेसी हो जहाँ आज पनि देविदेवताका मुर्ति भेटिन सक्छ किनकि स्तम्भ भेटियो मुर्ति भेटिनसक्छ धिमालले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकाले गठन गरेको स्वतन्त्र व्यक्तिहरु सदस्य रहेको पलाञ्चोक उपत्यका पुरातत्त्व खोज अनुसन्धान समितिका सदस्य सचिव समेत रहेका श्रीकृष्ण धिमालले भेटिएको स्तम्भको पुरातत्त्व विभाग बोलाएर अनुसन्धान गरिने बताउनुभयो ।

पाँचखाल नगरपालिकाका मेयर महेस खरेळले भेटिएको स्तम्भ पलाञ्चोक उपत्यकाको इतिहासमा खोसेढुङ्गा सावित हुने र नगरपालिकाले पुरातात्त्विक संरचना, संनातन धर्म जात्रा संस्कृति रक्षाको लागि आफुले जस्तो सुकै बलिदान दिन तयार रहेको, नगरपालिकाले बनाएको समतिलाइ सहयोग गर्नै कुनै कसर बाकि नराख्ने जानकारी दिनुभयो । स्तम्भ भेटिएको स्थान सुनकोसी नदी र झिकुखोलाको दोभान भाग हो ।

संसारकै सानो मुद्रा समेत फेला

पाँचखालमै विश्वकै सबैभन्दा सानो मुद्रा (जाभा) पनि भेटिएको छ । पाँचखालस्थित नगरपालिका वडा नं. ६ धोत्रामा रहेको महांकाल मन्दिरमा उक्त मुद्रा भेटिएको हो । भेटिएको मुद्रा चाँदिबाट बनेको छ । यस अघि नेपालकै पुरानो मुद्रा मानाङपनि पाँचखालमै फेला परेको थियो । मानाङ पनि धिमालले नै फेला पारेर पुरातत्व विभागमा थप अनुसन्धान र उत्खनन्का लागि लिखित निवेदन दिनुभएको थियो ।

निवेदन पछि पुराततव विभागको टोलीले गत जेठमा उत्खनन् गर्दा पाँचखालमा पुरानो पाइपलाइन र दरवारको भग्नावशेष फेला पारेको थियो ।

ठाउँठाउँमा प्राचिन वस्तु र भग्नाबशेष फेला पर्दै

 

दुई साता पाँचखालमा उत्खनन् गर्नेक्रममा  खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेष  ढुंगाका मालाहरु   भेटिएको थियो ।

 

 

 

त्यतिखेर भेटिएका अभिलेखहरु १२ औं १३ औं शताब्दीका भएको पुरातत्त्वविद् उद्धवराज आचार्यले बताउनुभएको थियो । पछिल्लो पटक भेटिएको स्तम्भ भने त्योभन्दा पनि निक्कै अघिको हुनसक्ने बताइएको छ । पाँचखालका विभिन्न ठाउँहरुमा प्राचिन सामाग्रीहरु फेला परिरहे पनि त्यसको संरक्षण र अनुसन्धान भने सुस्त छ ।

भेटिएका सम्पदाहरुको संरक्षणमा समयमै चासो नदिने हो भने नेपालकै इतिहासको प्राचिन अभिलेख गुम्ने खतरा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button