तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको दुर्गम गाउँमा भाइरलका बिरामी बढे

जाजरकोट – जाजरकोटको दुर्गम क्षेत्रमा भाइरल ज्वरोका विरामीको संख्या बढ्दै गइरहेको छ । दशैं चाडका कारण जिल्लाका अधिकांस स्वास्थ्य संस्थाहरु बन्द भएका छन । गर्मी मौसम सकिएर जाडो मौसम शुरु हुनै लाग्दा पनि सिजनल भाइरल ज्वरोबाट स्थानीय विरामी परेको छन ।

जिल्लाको दुर्गम क्षेत्रहरुमा बिरामीको चाप बढ्दै गइरहेको छ । विरामी उपचारको लागि स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य संस्था तथा निजी मेडिकलमा आइरहेका छन् ।

दुर्गमका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी दशैं मान्न घर हिडेपछि स्वास्थ्य संस्था बन्द छन । उपचारको लागि पुगेका विरामी महँगोमा पैसा तिरेर निजी मेडिकलमा उपचार गराउनु परेको नलगाड ६ पिउलीका जयबहादुर कामीले बताउनुभयो ।

विरामीमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम नसक्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षणबाट स्थानीय पिडित छन । भाइरलबाट प्रभावित भएको शुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिश गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट औषधि दिएर उपचार गराउनु परेको नलगाड नगरपालिका ३ कैनाका निजी मेडिकल संन्चालक भक्तबहादुर पुनले बताउनुभयो ।

दैनिक उपचारको लागि १ सय बढी विरामी उपचारको लागि आउने गरेको पुनले बताउनुभयो । गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्थानीय पालिकाकाका स्वास्थ्यकर्मी दशैं चाड मनाउन घरतिर हिडेपछि अधिकांस स्वास्थ्य संस्था बन्द भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button